बढ्यो ग्यासको भाउ, उद्योगीको आन्दोलन फिर्ता


०४:१९ बजे

काठमाडौं । सरकारसँग पाँच बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज (मंगलबार) चार घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउनेसहित पाँच बुँदे सहमति भएको हो ।

सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिण्डर १,९१० बाट बढेर १,९२२ रुपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७