आन्तरिक छलफलमा माओवादी, यस्ता छन् चार एजेण्डा


२३:५३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (आइतबार) अपराह्न ३ बजे बस्दैछ । हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको माओवादीले अभियान स्थगित गरेर पदाधिकारी बैठक गर्न लागेको हो ।

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

‘अहिले हाम्रो जागरण अभियान मधेस केन्द्रित छ । मधेसमा विशेष रूपमा मनाइने होली पर्व पनि सुरू भएको छ,’ उपमहासचिव पुनले भने, ‘हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान आधाजति सकिएकाले त्यसका बारेमा पनि समीक्षा गरौं भनेर केही दिनका लागि अभियान स्थगित गरिएको हो ।’ उनले प्रचार गरिए जस्तो पूर्वराजाको सक्रियता बढेकाले अभियान स्थगित नगरिएको बताएका छन् ।

फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबार बारामा हुने तय थियो । त्यसपछि क्रमश पर्सा र चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ । होली लगत्तै फेरि अभियान सुरू हुने माओवादीले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७