फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२३:४६ बजे

काठमाडौं । नेपाली बजारमा शुक्रबार घटेको सुनको भाउ आज (आइतबार) फेरि बढेको छ । बजारमा सुनको मूल्य १०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७