सकियो महाकुम्भ मेला, ४५ दिनमा कतिले गरे पवित्र स्नान ?
काठमाडौं । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन् । भारतको महा हिन्दु पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न हो । कुम्भका अधिकारीहरूका अनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन् । अन्तिम दिन गत बुधबार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन् ।
४५ दिन लामो आध्यात्मिक महाकार्यक्रममा अहिलेसम्म ६६ करोड ३० लाखभन्दा बढी भक्तजनहरूले पवित्र स्नान गरेका छन्। उत्तर प्रदेशको राजधानी लखनऊबाट लगभग १९६ किलोमिटर दक्षिणमा रहेको प्रयागराजमा यो महोत्सव आयोजना गरिएको थियो ।
महाकुम्भ महोत्सव प्रत्येक १२ वर्षमा आयोजना हुने एक महाधार्मिक सभा हो । जनवरी २९ मा, पवित्र स्नानको अवसरमा त्रिवेणी संगममा हजारौं भक्तजनहरूको भीड लागेको बेला अवरोध भत्किएपछि बिहानै भागदौड मच्चिएको थियो । आधिकारिक रूपमा उक्त घटनामा ३० जना भक्तजनको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए ।
.gif)

.png)

