बाबु–छोरीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ५४ करोड बिगो


२०८१ फाल्गुण १२ सोमबार २३:११ बजे

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । उनीहरुले राजश्व चुहावट गरेको जनाउँदै झण्डै ५४ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

राजस्व चुहावट गरेर प्राप्त रकम उनीहरूले बैंकको मुद्दती निक्षेपमा जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । बाबु अशोकलाई ३४ करोड २४ लाख ३१ हजार र छोरी निवेदिकालाई १९ करोड ७३ लाख ९९ हजार बिगो कायम गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७