स्याउ रोप्न जुम्ला पुगे विप्लव


२०८१ फाल्गुण ११ आइतबार १५:१३ बजे

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्याउँ रोप्न जुम्ला  पुगेका छन् । जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताले बाजागाजा र फूलमालाले स्वागत गरेका छन् ।

चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ्ग तथा स्याउ रोप्ने कार्यक्रमका लागि नेकपाका महासचिव विप्लव सहितको टोली जुम्ला पुगेको छ  नेकपाका जुम्ला जिल्ला इन्चार्ज विर्खबहादुर शाही ‘प्रभाजित’ का अनुसार महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवको जीवन संगिनीसहितको टिम जुम्ला पुगेको हो । नागरिकको स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषिमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउँ रोप्न आएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७