अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता 

नेपालले आज समूह चरणको अन्तिम खेल म्यानमारसँग खेल्दै


२०८१ फाल्गुण ११ आइतबार १५:३९ बजे

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज (आइतबार) समूह चरणको अन्तिम खेल म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ। हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म–अप सरह हुनेछ ।

म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १–० गोलअन्तरले पराजित गरेको थियो । नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताए । नेपाल र म्यानमारबीच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो ।

म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ । सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो भने फाइनलमा ३–१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो। आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७