चन्द्रागिरिमा साथीको घरको रेलिङबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरिमा साथीको घरको रेलिङबाट खसेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सैलुङ गाउँपालिका–३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
मृतक श्रेष्ठ वीरबहादुरका छोरा जितेन्द्रका साथी हुन् । उनी आज बिहान जितेन्द्रको घरको दुई तलामाथि छतमा बसेर घाम तापिरहेका थिए । त्यहाँबाट झर्ने बेला रेलिङमा अड्किएर भुईंमा खसेको प्रहरीले जनाएको छ । भुईमा खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि एपीएफ अस्पताल पुर्याइएकोमा चिकित्सकले आज बिहान पौने १० बजे मृत्यु घोषणा गरेका थिए ।