सिंहदरबारमा सत्तापक्षीय सात दलका प्रमुख सचेतकहरूको बैठक


२०८१ फाल्गुण ४ आइतबार १०:०५ बजे

काठमाडौँ । सिंहदरबारमा सत्ता पक्षीय सात दलका प्रमुख सचेतकहरूको बैठक बसेको छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसिरहेको हो ।

सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल भइरहेको बताइएको छ।यसअघि शनिबार सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलका प्रमुख सचेतकहरुबीच सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाउन बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

शनिवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो । भूमि अध्यादेशमा पनि खासै विमति नरहेको र सत्ता साझेदार दलहरूको सहमतिबाटै टुङ्गिने बर्तौलाले बताएका छन् । बैठकमा कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला लगायत जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतक सहभागी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७