कमलपोखरी ग्यास विष्फोट घटना : थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो


२०८१ फाल्गुण ४ आइतबार १०:१७ बजे

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा भएको ग्यास विष्फोटमा घाइते भएका थप एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जानकारी दिएको छ ।

उनको गए राति करिब पौने १२ बजे मृत्यु भएको हो । योसँगै उक्त ग्यास सिलिण्डर विष्फोटबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विष्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो । अरु घाइतेको उपचार चलिरहेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७