नेसपा (नयाँ शक्ति) को मतपरिणाम आज आउँदै : अध्यक्षमा भट्टराई कि चापागाई ?


२०८१ फाल्गुण १ बिहीबार १०:१५ बजे

काठमाडौं । नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनअन्तर्गत अहिले अध्यक्ष पदका लागि भएको मतदानको गणना चलिरहेको छ । अध्यक्षका लागि डा. बाबुराम भट्टराई र नेत्र चापागाई प्रतिस्पर्धामा छन् । मतदानमा ८२२ मत खसेको थियो । जसमध्ये आधा भन्दा बढी गनिसकिएको नेता कृष्ण शर्माले जानकारी दिए । ८२२ मध्ये आधाभन्दा बढी मत गनिँदा भट्टराई अगाडि छन् ।

सवा दुईतिरको मतगणनाको परिणामअनुसार भट्टराई चापागाईं भन्दा ९० मतले अगाडि थिए । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना सकिसकेको छ । नेता शर्माका अनुसार अध्यक्षको नतिजा पनि ५ बजेभन्दा अगाडि नै आउने छ । ‘अबको दुई घण्टाभित्र नतिजा आउँछ,’ उनले भने, ‘मतगणना त एक घण्टाभित्र सकिएला । दुई घण्टाभित्र त नतिजा नै आउँछ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७