बढुवा भएका २५ एसएसपीसहित २८ प्रहरी अधिकृतलाई फुली
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले पदोन्नति भएका २८ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले उनीरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ माघ ९ गतेको निर्णयअनुसार प्रहरी उपरीषक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका २५ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना तथा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा २८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू रमेश थापा, अजय केसी, अनुपम शम्शेर ज।ब।रा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का रहेका छन् ।
त्यसैगरी सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकालले पनि फूली लगाएका छन् । त्यस्तै प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू बुद्वमाया लामा र विकास श्रेष्ठ छन् ।
दज्र्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पादन गर्दै नागरिकको सेवा र संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी एसएसपी रमेश थापाले सकारात्मक सोच र उर्जाका साथ नागरिकको सेवा र संगठनको हितमा कर्तव्यनिष्ठ भई आ–आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।