रवि लामिछाने अदालतमा उपस्थित


२०८१ माघ ९ बुधबार १३:४५ बजे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा बयान दिन रुपन्देही अदालतमा हाजिर भएका छन् । लामिछाने बिहान १० बजे अदालतमा हाजिर भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । 

अब उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस शुरू हुने उनले बताए । लामिछाने श्रीमती निकिता पौडेलका साथ मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका थिए ।  लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ सहितगरी ४२ जनाविरुद्ध जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो।

लामिछाने र पूर्व डीआइजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसूरमा पूरक र जितेन्द्रबाबु राई (जीबी)सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।  पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । यसको प्रतिवादका लागि केही कानुन व्यवसायीको साथमा मङ्गलवार साँझ नै उनी भैरहवामा आइपुगेका थिए । सूचना अधिकारी मरासिनीका अनुसार अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७