‘जरा’ केन्द्रित अभियानका लागि एमाले शीर्ष नेता आज धनकुटा जाँदै


२०८१ माघ ६ आइतबार १०:४७ बजे

काठमाडौं । ‘जरा’ केन्द्रित अभियानका लागि आज (आइतबार) सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लागेका हुन् ।

कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्ने एमाले धनकुटा प्रचार विभागले जनाएको छ ।

सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिएका छन् । कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता– कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ । एमाले माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको हो ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ । यो अभियानमा सङ्गठनका कमी कमजोरीको मूल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बोधनको प्रयास गरिने एमालेले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७