विशेषको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार 


२०८१ माघ १ मंगलबार २१:२८ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर राय समेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझेको भन्दै आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

यस्तै प्रतिवादी सचिनकुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतले गरेको फैसलामा चित्त नबुझाई आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले भदैसवारको मुद्दामा २०८० चैत २५ गते फैसला गरेको थियो । विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै आयोगले पछिल्ला दिनमा नियमित सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ । सोमबारमात्रै आयोगले विशेषले गरेको तीन वटा फैसलाविरुद्ध पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७