सुकुटेमा प्रचण्ड {तस्वीरहरु}


२०८१ पौष २९ सोमबार २२:४० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न प्रचण्ड एक दिन अगाडि नै सुकुटे पुगेका हुन् ।

प्रचण्ड प्रतियोगिताको उद्घाटन गरेर भोलि काठमाडौं फर्किने छन् । प्रचण्डसँगै माओवादीका नेताहरु माधव सापकोटा, रामप्रसाद सापकोटा दीपशिखा, सरल सहयात्री, युवराज दुलाललगायत सहभागी छन् । प्रचण्ड यसअघि पनि रिफ्रेस हुन पटक–पटक सुकुटे पुग्ने गरेका थिए । सोमबार दिउँसो बस्नेगरी माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको थियो । उक्त बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७