रवि लामिछानेविरुद्ध ११ सरकारी वकिलले बहस गर्ने


२०८१ पौष २९ सोमबार १३:३५ बजे

काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस आज (सोमबार) देखि  हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको बयान मात्रै भएको थियो ।

लामिछाने आइतबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यसपछि बयानमै समय लम्बिएपछि थुनछेक बहस सोमबारका लागि सारेर लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको थियो । आज बिहान ११ बजेदेखि न्यायाधी माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा पक्ष  विपक्षी वकिलहरूले बहस गर्ने छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार थुनछेक बहसमा ११ जना सरकारी वकिलले बहस गर्नेछन् ।  सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेसहित ११ जना सरकारी वकिलले बहस गर्ने कटुवालले जानकारी दिए । सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन् । 

त्यसपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन् । आइतबार लामिछाने पक्षका वकिलहरूले रातिसम्मै  गरेर भए पनि थुनछेक बहस सक्नुपर्ने माग गरेका थिए । आजै दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन् । स्वर्णलक्ष्मी सहकारीकै मुद्दामा प्रतिवादी रहेका २ जना यसअघि नै धरौटी तिरेर छुटिसकेका छन् । 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा  सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ। लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७