आर्थिक संकुचनले उद्योग–व्यवसायले गति लिन सकेन : मन्त्री अधिकारी


२०८१ पौष २६ शुक्रबार २२:०४ बजे
फाइल फोटो

धादिङ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको आर्थिक संकुचनका कारण उद्योग व्यवसायले गति लिन नसकेको बताएका छन् । धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशन उद्घाटन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले उद्योग व्यवसाय गतिशील बनाउन सबै व्यवसायीले राजनीतिक स्वार्थ त्यागेर एकजुट भई अघि बढ्नुपर्ने बताए । 

नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदारहँदै यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिबी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पुर्‍याउन नसकेको उनको भनाई छ । ‘व्यवसायलाई कृषितर्फ लैजाऔं । बाँझो जग्गामा हरियाली ल्याउन, जग्गालाई एकीकृत गरेर अगाडि बढ्न सक्नुपर्छ । त्यसो गर्न सकियो भने अन्न आयात घटाउन सकिन्छ’, उनले भने, ‘बाँझो जग्गालाई हरियाली बनाउने काममा सहयोग गर्न कृषि मन्त्रालय सदैव तत्पर छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७