पोल्याण्ड पठाइ दिने भन्दै ८० लाख ठगी, दुई जना पक्राउ


०९:०६ बजे

काठमाडौं । वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाइ दिने भन्दै ८० लाख ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बिष्णुपुर गाउँपालिका– ७ घर भई काठमाडौँ महानगरपालिका– ३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौँ महानरगपालिका– २६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम छन् । कृष्ण काठमाडौँ महानगरपालिका– ३१ र यदुवंशी टेकुबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका कृष्णले पोल्याण्ड पठाइ दिने भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ ठगी गरेको उजुरी परेको छ । राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकाली पठाएको जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७