गृह मन्त्रालयको प्रवक्तामा रामचन्द्र तिवारी


०८:४१ बजे

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीलाई दिइएको छ । सुनसरीको प्रमुख जिल्ला अधिकारीबाट हालै गृह मन्त्रालयमा सरुवा भएका तिवारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । तिवारीलाई मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने गरिएको छ । अर्को साताबाट तिवारीले जिम्मेवारी सम्हाल्ने छन् । यसअघि मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका उनले अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

तिवारी स्वच्छ छवि भएका अधिकारीका रुपमा परिचित छन् । यसअघिका प्रवक्ता ऋषिराम तिवारीको काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएपछि गृहको सुरक्षा समन्वय माहाशाखा प्रमुखमा रामचन्द्रलाई ल्याइएको हो । गत सोमबार गृह मन्त्रालयका १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७