भैंसेपाटीमा माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु


०८:३५ बजे

काठमाडौं । ललितपुरको भैंसीपाटीमा माइक्रो बसले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको छ। सोमबार साँझ लललिपुर महानगरपालिका १८ सिकाली चोकमा बा ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए । 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका– ७ स्थायी घर भइ हाल ललितपुरकै मगरगाउँ बस्दै आएकी लुंगेलीको उपचारको क्रममा मृत्यु भएको हो । लापरबाहीपूर्ण ढंगले तीव्र गतिमा चलाइएको माइक्रो सुरुमा बिजुलीको पोलमा ठोकिएको थियो । ‘बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भएको माइक्रोले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिँदा घटना भएको हो,’ एसपी राउतले भने । 

दुर्घटनामा गम्भीर घाइते गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उक्त माइक्रोले नजिकै रोकिराखेको बा ७ च ५९८७ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएर क्षति पुर्‍याएको एसपी राउतले बताए ।  बोलेरोमा ठोकिएपछि उक्त माइक्रोले एउटा पसलमा समेत क्षति पुर्‍याएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७