साउदी अरेबियाले २०३४ को विश्वकप फुटबल आयोजना गर्ने 


२०८१ मङ्सिर २७ बिहीबार ०७:२४ बजे
सांकेतिक तस्वीर

 काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ । साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ ।९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने चर्चा छ ।

खेल हुने १५ मध्ये चारवटा रंगशाला बनिसकेको सञ्चारमाध्यमले जनाएको छ । यसअघि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ । २०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी ६ देशमा हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७