राष्ट्रिय गौरवका आयोजनाबारे सिंहदरबारमा ‘ब्रिफिङ’ लिंदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ‘ब्रिफिङ’ लिएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै जाने भएको भन्दै प्रधानमन्त्री ओलीले चासो लिएका हुन् । अहिले सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिएको सचिवालयले जनाएको छ ।
सडक, जलविद्युत, सुरुङमार्गहरु लगायतका ठूला योजनाहरू राष्ट्रिय गौरवका आयोजनामा राखिएको भए पनि पछिल्लो समय आयोजनाहरुको प्रगति सन्तोषजनक छैन ।