रुसबाट ५६३ युक्रेनी सैनिकको शव फिर्ता
काठमाडौं । युक्रेनले हिजो (शुक्रबार) रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइमा मारिएका थिए । सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो ।
‘५६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो,’ युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोसल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । रुसी शवगृहबाट थप १५४ शव फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ । रुस र युक्रेनले यस लडाईमा कति सैनिक मारिएका छन् भन्ने सार्वजनिक रूपमा खुलासा गरेका छैनन् । एजेन्सी