बाइडेनलाई भन्दा ह्यारिसलाई महिलाको मत कम : एक्जिट पोल


०४:४९ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सम्पन्नसँगै अहिले मतगणना धमाधम भइरहेको छ । राष्ट्रपति निर्वाचनमा अधिकांश महिला र पुरुषले कसलाई समर्थन गरिरहेका छन् भन्ने एक्जिट पोलको तथ्याङ्कमा देखिएको छ ।

अधिकांश महिला डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको समर्थनमा देखिएका छन् । पुरुषहरू रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा देखिएका छन् । कमला ह्यारिसलाई ५४ प्रतिशत महिलाको समर्थन प्राप्त भएको तथ्याङ्कले देखाएको छ ।

जहाँ २०२० मा ५७ प्रतिशत महिलाले जो बाइडेनलाई समर्थन गरेका थिए । एक्जिट पोलबाट निर्वाचनको नतिजाहरूको अनुमान मात्र गर्न सकिन्छ । यी वास्तविक परिणाम भने होइनन् । तर, पछिल्लो निर्वाचनको तुलनामा डेमोक्रेटिक पार्टीलाई महिलाको समर्थनमा कमी आएको तथ्याङ्कले देखाएको छ । जुन ह्यारिसको पार्टीका लागि चिन्ताको विषय हो। एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७