मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाटै समातिए


१३:२४ बजे

पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल ससुराली घरबाटै पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए । उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् । सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत वर्ष जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७