काठमाडौंका आठ स्थानमा छठघाट


२१:५१ बजे

काठमाडौं । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ ।

यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ । विगतमा तराई मधेशका जिल्लामा मात्र मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकासहित देशभर मनाउने गरिएको छ । बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्छन् । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको मुख्य दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ । 

काठमाडौँ महानगरपालिकाका उल्लेखित स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रूत गतिमा भइरहेको मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन् । यसमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर शाहले जानकारी गराएका छन् ।  

यो जानकारीका साथ मेयर शाहले भनेका छन्, ‘तराईका केही क्षेत्रकेन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि भ्रातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारमा तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो सूर्यको लाली किरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।’

छठ पर्वको दोस्रो दिन आज (बुधबार) ‘खरना’ हो । पर्वको पहिलो दिन मंगलबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको थियो । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाई व्रतालुले त्यही खीर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । आज दिनभरि उपवास बस्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् ।

–गौरीघाट, वडा ८

– कोटेश्वर दोभान, वडा ३२

–कमलपोखरी, वडा १

–वंशीघाट, वडा ११

– बालाजु बाइसधारा, वडा १६

–धौखेल खोला, वडा १३

–कुमारी क्लब, वडा १४

–भुवनेश्वरी मन्दिर, वडा १४

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७