साफ च्याम्पियनसिपमा नेपाल फेरि निरास : उपाधि चुम्ने सपना चकनाचुर


२०८१ कार्तिक १४ बुधबार ०५:४८ बजे

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि चुम्न नेपाल फेरि चुकेको छ । आज (बुधबार) सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ पराजित गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफको सुरुवातमै बंगलादेशका तर्फबाट पहिलो गोल भएको थियो । खेलको ५२औ मिनेटमा मोनिका चक्काले डिफेन्सको गल्तीमा सहज गोल गर्दै बंगलादेशलाई १–० को अग्रता दिलाएकी थिइन् ।

त्यसको तीन मिनेटमै नेपालले गोल फर्कायो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन् । खेलको ८१ औं मिनेटमा बंगलादेश पुनः एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको हो । बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७