कांग्रेसबाट उपनिर्वाचनको ‘कमाण्डर’ महामन्त्री शर्मा, सदस्यहरुमा को–को ? 


२०८१ कार्तिक १४ बुधबार ११:५१ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचनिर्वाचनका लागि केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार समितिमा चार जना सहमहामन्त्री र अरु केन्द्रीय सदस्यहरू रहेका छन् । समितिको सदस्यमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्य सचिव प्रकाश शर्मा छन्।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७