बीपी राजमार्ग आज रातभर बन्द हुने


२०८१ असोज ३० बुधबार २०:१० बजे

काठमाडौं ।  नयाँ ट्रयाक खोलेर सञ्चालनमा ल्याइएको बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्डमा आज (बुधबार) रातभर सवारी आवागमन बन्द गरिएको छ । असोज दोस्रो साताको बाढी–पहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेंसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

तर, नयाँ ट्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।काठमाडौंसँग पूर्वी नेपाललाई जोड्ने छोटो दूरीको वीपी राजमार्ग सडक बिभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो ।

काठमाडौ र पूर्वी नेपाल जोड्ने वीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्थे । सडक खुलेपछि राजमार्ग प्रयोग गरेर यात्रा गर्ने यात्रु तथा दशैंमा टीका लगाएर काठमाडौँ फर्किएका यात्रुहरूको सवारीसाधनले सवारी जाम भएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गरी २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७