किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार, पाँच जना पक्राउ


२०८१ असोज ३० बुधबार २०:०९ बजे

बाँके । बाँकेको कोहलपुरस्थित एक होटलमा एक १६ वर्षीया किशोरीलाई दुई दिनसम्म बलात्कार गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई बैजनाथ गाउँपालिकाका तीन किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर सामुहिक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 

असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा किशोरीलाई बलात्कार गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएपसी धर्मराज भण्डारीले जानकारी दिए । किशोरीले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएकी छिन् । उजुरीपछि प्रहरीले १९ वर्षका तीन जना, २० वर्षका एक र २४ वर्षका अर्का युवालाई पनि पक्राउ गरेको डिएसपी भण्डारीले जानकारी दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७