इरानको चेतावनी : इजरायलले पुनः आक्रमण गरे ‘निर्णायक’ जवाफ दिन्छौं 


२०८१ असोज ३० बुधबार २२:०७ बजे
इरानका विदेशमन्त्री अब्बास अरागची । तस्वीर : रोयटर्स

तेहरान । इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस समक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउँदै कारबाही गर्न आग्रह गरेको छ ।

इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायली रक्षामन्त्री योव ग्यालान्टले गत हप्ता आफ्नो देशको प्रतिशोधात्मक उपाय ‘घातक, सटीक र आश्चर्यजनक’ हुने बताएका थिए ।

इरानका विदेश मन्त्री अब्बास अरागचीले गुटेरेस्सँगको फोन वार्तामा इरानले यस क्षेत्रको शान्ति र सुरक्षाको लागि सबै प्रयास गरिरहेको जनाउँदै इजरायलको कुनै पनि कार्यको निर्णायक र खेदजनक प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताए । अरागचीले राष्ट्र सङ्घलाई ‘इजरायली शासनको अपराध र आक्रामकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्न समेत अपील गरेका छन् ।

पछिल्लो समयमा इरानी विदेशमन्त्रीले तनाव कम गर्ने प्रयासमा लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गरेका थिए ।  इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल एक्समा यो घटनाक्रम इजरायल,इरान र हमासबीचको युद्धको पृष्ठभूमिमा आएको र एक वर्षभन्दा लामो समयदेखि उग्र हुँदै लेबनानसम्म विस्तार भएको जनाएका छन् । रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७