पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी छुटे


२०८१ असोज २९ मंगलबार ०६:१४ बजे

काठमाडौं । प्रहरीले पक्राउ गरेका सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी छुटेका छन् । उनलाई पक्राउ गरेको केहीबेरमै प्रहरीले रिहा गरेको हो । 

निर्मला कुर्मी प्रकरणमा लुम्बिनीका मन्त्री बादशाह कुर्मीमाथि कारबाही हुनुपर्ने मागसहित बालुवाटारमा रुवि खानलगायतको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा प्रहरीले शिवाकोटीलाई पनि पक्राउ गरेको बताइएको छ ।महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७