गुल्मीमा जीप दुर्घटना : १४ घाइते, दुईको अवस्था गम्भिर
गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर छ । बुटवलबाट गुल्मीको मालिकातर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जीप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको हो ।
जीप दुर्घटनामा १४ जना घाइते भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिए । जीप आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।