काभ्रेको बाढीप्रभावित क्षेत्रमा प्रहरीको निशुल्क स्वास्थ्य शिविर, २ सय १२ जनाको उपचार


०३:५३ बजे

काठमाडौं : नेपाल प्रहरीले काभ्रेको बाढीप्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल प्रहरी अस्पतालका नायब महानिरीक्षक (डिआइजी) डा.सञ्जय बिक्रम श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी अस्पतालका ६ जना विभिन्न बिषयका विशेषज्ञ चिकित्सक सहितको टोलीले काभ्रेको बाढि प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ चलाल र पनौती नगरपालिका १० खेपासीमा सञ्चालित  शिविरमा ९४ जना पुरुष तथा ११८ जना महिला सहित २१२ जनालाई निशुल्क सेवा प्रदान गरिएको नेपाल प्रहरी अस्पतालले जनाएको छ । स्वास्थ्य शिविरको गृहमन्त्री रमेश लेखकले निरिक्षण गरेका थिए । 

स्वास्थ्य शिविरको निरिक्षण गृहमन्त्री रमेश लेखक, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले निरिक्षण गरेका थिए । शिविरमा डेण्टल,जनरल सर्जरी,बाल रोग,मेडिसिन,हाडजोर्नी,छाला ६ बिधाका विशेषज्ञहरुद्वारा सेवा र प्याथोलोजी,ड्रेसिङ तथा नि(शुल्क औषधी प्रदान गरिएको थियो । 

फोटो फिचर : 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७