सूर्यदर्शन सहकारी ठगी प्रकरण : लीला पछाई पक्राउ


२१:४१ बजे

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ । उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ बढी रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ ।

सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले चार दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १८ जना फरार छन् । कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७