रवि लामिछानेले निर्दोष छु भन्दै हिंड्न मिल्दैन : कांग्रेस प्रवक्ता महत


२०८१ भदौ ३१ सोमबार ०७:०१ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भए पनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठक पश्चात उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य नभएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नु भयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरुबाट लिएको छ ।भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नु भएको छ । यति हुँदा पनि दोषी होइन भनेर घोषणा गर्दै हिड्नु हुन्छ भने त्योभन्दा गैरजिम्मेवार कुरा अरु हुन सक्दैन् ।’ उनले सभामुखले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर कार्यान्वयन गर्न निर्देशन दिएको अवस्थामा रवि लामिछानेले क्लिन चिट नपाएको दावी गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७