नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने


२०८१ भदौ २८ शुक्रबार १६:०७ बजे
फाइल फोटो

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ । भदौं ३० गतेदेखि असोज ४ गतेसम्म विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने नेपाली सेनाले जानकारी दिएको छ ।

अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ । काठमाडौं, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुने नेपाली सेनाले जानकारी दिएको छ । सन् २०१२ बाट सुरु भएको संयुक्त अभ्यासको यो चौथो संस्करण हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७