नेकपा एस उपसभामुखको पक्षमा उभिने


२०८१ भदौ २६ बुधबार ०२:०२ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने भएको छ । आज (बुधबार) पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटी बैठकले उपसभामुखको पक्षमा उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुखले राजीनामा दिनुपर्ने बताइरहेका छन् । उपसभामुखको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने तयारीमा सत्तारुढ दल छ । सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका छन् ।

तर एकीकृत समाजवादीले भने उपसभामुखको बचाउमा उभिने निर्णय गरेको हो । बैठकले आगामी ५ असोजमा काठमाडौंमा सन्देश सभा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनपछि पार्टी एकताबद्ध रहेको सन्देश दिन सभा गर्ने निर्णय गरेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७