आईफोन १६ सार्वजनिक : के छन् फिचर, कति पर्छ मूल्य ?


२०८१ भदौ २५ मंगलबार ०७:०२ बजे

काठमाडौँ । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई ’इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आइफोन– १६ को ७९९ डलर मूल्य तोकिएको छ भने आइफोन– १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन– १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ । यस पटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् ।

यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ । आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ । आईफोन–१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए १८ बायोनिक चिपसेट प्रदान गरिएको छ । त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ । यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७