प्रधान सेनापति सिग्देलद्वारा पदबहाली {तस्वीरहरू}


२२:३८ बजे

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले पद बहाली गरेका छन् । उनले जंगी अड्डास्थित कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् । आज (सोमबार) राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले दर्ज्यान्ही चिन्ह लगाइ दिएका थिए । सिग्देलले पद तथा गोपनीयताको शपथ समेत लिएका थिए ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली समेत अर्पण गरेका थिए ।

२०२३ साल माघ १९ गते रूपन्देहीमा जन्मिएका सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । 
हेर्नुस् तस्वीरहरु


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७