तीन दिदी–बहिनीका तीन छोरा एउटै पोखरीमा डुबे

९, १० र १४ वर्षका बालक भोज खान गएका थिए मावल


००:४२ बजे

धनुषा । धनुषामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । मावलीघरमा भोज खान गएका तीन जना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीन जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । 

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू साहका तीन वटा छोरीका छोरा हुन् । साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको हो ।

सबैजना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका उनीहरुको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको  वडाध्यक्ष गङ्गा साहले जानकारी दिए । तीनै जनाको शव परीक्षणका लागि  प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७