‘होन्डा’ सम्मिलित भुटानको पारोसँग घरेलु मैदानमै चर्च ब्वाइज युनाइटेड ‘स्तब्ध’
काठमाडौं । नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग घरेलु मैदानमै स्तब्ध भएको छ । एएफसी च्यालेन्सज लिगअन्तर्गत दशरथ रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाइज पारोसँग २–१ ले पराजित भएको हो ।
पहिलो हाफको ३८औं मिनेटमा लकेन लिम्बुको गोलमा चर्च ब्वाइजले अग्रता लिए पनि त्यसको केही मिनेटमै पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा पारोले २–१ को अग्रता लिएको थियो । ६६औं मिनेटमा पारोका लागि विलियम ओपोकुले गोल गरेका थिए ।
उनको गोल नै निर्णाक बनेपछि पारोले चर्च ब्वाइजलाई हराउँदै समूह चरणमा पुगेको छ । खेल हुनुअगाडि भारी वर्षा भएपछि दशरथ रंगशालाको मैदान हिलाम्य भएको थियो । खेल सुरू भएसँगै मैदान हिलोमा परिणत भएको थियो । अन्तर्राष्ट्रिय मान्यता गुमाएको दशरथ रंगशालालाई हालै पुनः अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।