कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक किन भयो स्थगित ?


२०८१ श्रावण २८ सोमबार १५:०८ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक भाद्र ७ गते बस्ने गरी स्थगित गरिएको हो ।

पदाधिकारी र पूर्व पदाधिकारी बैठकहरूले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य लगाएतले धारणा राखेका थिए । 

धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका विषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले बताए । आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जन पारित गर्ने र समसामयिक विषयमा समेत निर्णय लिने उनले जानकारी दिए ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७