हमासको शीर्ष नेतामा याह्या सिनवार चयन
काठमाडौं । प्यालेष्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको जनाइएको छ । यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि संगठनले नयाँ नेता चयन गरेको हो ।
६१ वर्षीय सिनवर हमासको बैठकमा एकमतले नेता चयन भएको बताइएको छ । सिनवरलाई संगठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । उनी २०१७ देखि गाजा क्षेत्रको हमासको नेता चयन भएका थिए । अब उनी यसको राजनीतिक विङको समेत नेता भएका छन् । अघिल्लो बुधबार इरानमा हानियाको हत्या भएको थियो । बीबीसीका अनुसार हमासका एक अधिकारीले हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको बताए ।
मध्यपूर्वमा बढ्दो तनावका बीच यो घोषणा आएको हो । इरान र उसका सहयोगीले इस्माइल हनियाको हत्याको बदला लिने बताएका छन् । इरान र उसका सहयोगीले हानियाको हत्यामा इजरायललाई दोषी ठह¥याएका छन् । तर यस विषयमा इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।