साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुनेछ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर साउन २० गते तीन जिल्लामा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।