संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानका विषयमा निर्णय लिने


२०८१ श्रावण १२ शनिबार १०:३९ बजे

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक साउन १४ गते सोमबारका लागि बोलाइएको छ । आगामी सोमबार बिहान सिंहदरबारस्थित समितिको हलमा बैठक बस्नेछ । सुनुवाइ समितिमा कांग्रेसका तर्फबाट सदस्य रहेका श्यामकुमार घिमिरेले बैठक बोलाएको पुष्टि गरे ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिन सक्नेछ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ भइसकेको छ । २ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित भएको थियो । यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् । अब सोमबारको बैठकले उनलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने एक सांसद बताउँछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७