भारतीय उद्धार टोलीले पनि भेटेन त्रिशूलीमा बेपत्ता बस र यात्रु, अब कसरी खोजिन्छ ?


२०८१ श्रावण १२ शनिबार १०:४४ बजे

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था १५ दिन बितिसक्दा पनि अज्ञात रहेको छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । ६५ जना सवार उक्त बसका तीन जना जीवितै रहेका छन् भने ६३ जना यात्रु हराइरहेको थियो । 

हालसम्म २४ जनाको शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन् । बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले संयुक्त रूपमा खोजी गरिरहेका छन् । भारतबाट आएको टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन् ।

भारतबाट आएको टोली ६ दिनसम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले जानकारी दिए । उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन् । ७ दिनका लागि आएको भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ । 

भारतीय टोलीले शनिबार मध्याह्नदेखि खोजी कार्य थालेको । यस पटक भारतबाट र्दुइटा चुम्बक ल्याइएको थियो । १९ किलो र १४ किलोको दुईटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो । तर खोजी गर्ने क्रममा १९ किलोको चुम्बक हराएको स्रोतले जानकारी दिएको छ । ‘चुम्बक खोज्न खोजी कार्य टोली देवघाटसम्म पुगेको थियो । तर चुम्बक फेला पर्न सकेन,’ स्रोत भन्छ । चुम्बकसँगै लाइफ ब्वाई ट्युब समेत पानीले बगाएको छ । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेको बेला उद्धारको लागि प्रयोग गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार सम्भावित स्थानमा बस रहे÷नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याएको थियो । सिमलतालबाट देवघाटसम्म खोज्दा पनि बस भेटिएको छैन । सिमलतालबाट देवघाट करिब २० किलोमिटर टाढा छ । भोलि बिहान भारतीय टोलीले थप खोज्ने / नखोज्ने निर्णय हुने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७