कमला ह्यारिसले गरिन् राष्ट्रपति पदमा उम्मेदवारी घोषणा


२०८१ श्रावण १२ शनिबार ०७:०५ बजे

काठमाडौं । कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् । 

‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें,’ उनले लेखेकी छन्, ‘म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु । नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ ।’

पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् । अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेकोले आगामी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७