सौर्यका क्याप्टेन शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ?


२०८१ श्रावण ९ बुधबार ०५:५४ बजे

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते क्याप्टन पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ ।   उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । दुर्घटना घाइते पाइलट शाक्यलाई तत्काल उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । उनको  उपचार भइरहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।

मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । उनको निधारमा काटेको छ । अहिले मनिषको होश पनि आइसकेको  उनका काका अमूल शाक्यले जानकारी दिएका छन् । केहीबेरमा रिफर गर्ने तयारीमा भइरहेको छ ।अस्पतालका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

 

सौर्य एयरलाइन्सको कर्मचारीहरु बोकेर काठमाडौंबाट पोखरा उड्ने क्रममा ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए ।उद्धारको बेला शाक्य रगताम्य अवस्थामा थिए । दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुख लगायत विमानस्थल पुगेका छन् ।

अनुभवी पाइलट मनिष

क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर सुरु गरेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरेका थिए । २०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् । क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७